Like us!
Follow us!
Connect us!
Watch us!

डा. भगवान कोइरालाको नेतृत्वमा बन्दै गरेको अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

अर्थ संसार

शनिबार, २९ बैशाख २०८१, ०८ : ०५ मा प्रकाशित

डा. भगवान कोइरालाको नेतृत्वमा बन्दै गरेको अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

डा. भगवान कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पताललाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले ४१ करोड सहयोग घोषणा गरेका छन् ।

काठमाडौंसहित सातवटै प्रदेशमा डा. कोइरालाको नेतृत्वमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । शुक्रबार दिउँसो काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमै पुगेर गुरुङले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । घोषणा पछि भावुक बन्दै डा. कोइराला सहयोग रकम गेन चेन्जर हुने धारणा व्यक्त गरे ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल किओचले यस अघि कोशी प्रदेशको दमकमा बाल अस्पताल निर्माण सम्पन्न गरिसकेको छ । काठमाडौंमा एक सय शैय्याको र बाकिँ प्रदेशमा पनि अब ५० शैय्याको बाल अस्पताल निर्माण कार्य अघि बढ्ने कोइरालाको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको