Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १३ : ५५ मा प्रकाशित

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिइओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम खनाललाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । नागरिक तथा सबै सरोकारवालाले पाउने हिस्सा वृद्धि हुने गरि काम गर्ने उनले बताए ।

चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का।मु। प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको