Like us!
Follow us!
Connect us!
Watch us!

मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट ढुङ्गा खस्दा मेसिन अपरेटरको मृत्यु

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, ०९ : ५७ मा प्रकाशित

मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट ढुङ्गा खस्दा मेसिन अपरेटरको मृत्यु

मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट खसेको ढुङ्गाले लागेर एक मेसिन अपरेटरको मृत्यु भएको छ ।

आज बिहान मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुईन खोलाको मुग्लिङ तर्फ नाला खन्ने क्रममा माथि बाट झरेको ढुङ्गा लाग्दा मेसिन अपरेटरको पनि घटनास्थलमै ज्यान गएको हो । घटनामा पुल निर्माण कम्पनी एएनकेको मेसिनमा पनि क्षति पुगेको छ ।

ढुङ्गा खसेका कारण हाल सडक उक्त खण्डमा एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको