Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडकमा भिर कटान अन्तिम चरणमा, फागुन १३ गतेदेखि सडक बन्द नहुने

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १८ : ०६ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकमा भिर कटान अन्तिम चरणमा, फागुन १३ गतेदेखि सडक बन्द नहुने

पुल निर्माणका लागि तुइन खोलामा चट्टाने पहाड काट्नु पर्ने भएपछि विगत दुई महिनाभन्दा बढी समय देखि दैनिक चार घन्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि भने सूचारु रहने भएको छ ।

पुस ७ गतेदेखि दिउँसो चार घन्टा यातायात आवागमन बन्द गरेर भित्ता कटान गरिदै आएको थियो । पहिले तीन साता लाग्ने भनिएको भित्ता कटानको काम दुई पटकसम्म म्याद थपेपछि बल्ल अन्तिम चरणमा पुगेको छ । करिब ६० मिटर अग्लो भित्ता अघिल्लो वर्ष २५ र यो वर्ष ३५ मिटर गरि काट्न लागिएको हो । अब करिब तीन मिटर भित्ता मात्र कटान गर्न बाकिँ रहेको जनाइएको छ ।

बाकिँ भित्ता कटान गर्न सवारी आवागमन रोक्न पर्ने अवस्था नरहेको भन्दै यातायात आवागमन सुचारु गर्न लागिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको