Like us!
Follow us!
Connect us!
Watch us!

पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा खण्डमा पिचको तयारी

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, ०८ : ५४ मा प्रकाशित

पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा खण्डमा पिचको तयारी

निर्माणाधीन पोखरा मुग्लीन सडक विस्तार परियोजनाको पोखरा खण्डमा पिचको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम भइरहेको यस खण्डमा अव एक दुई दिनमा पिच सुरु गर्ने परियोजनाले जनाएको हो । 

पिचका लागि तयारी गरिएको चाउथे क्षेत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन समेत गरेका छन् । सो क्रममा आचार्यले सडक निर्माणसँगै आवागमनमा बाधा नपर्ने गरी सहज आवतजावतको व्यवस्थापन गर्न निर्माण पक्षलाई निर्देशन समेत दिएका थिए ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याका कारण नागरिकहरूलाई सास्ती भएको भन्दै यसको उचित व्यवस्थापन गर्न उनले निर्देशन दिए । निर्माण कार्य अझ तीव्र गतिमा गर्न र गुणस्तरमा कुनै प्रकारको कमजोरी नगर्न पनि उनले सुझाव समेत दिएका थिए ।

सडक निर्माण कार्यमा सहजताका लागि पोखरा महानगरपालिकाले परियोजना सँग निरन्तर समन्वय गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको