Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिपक्षी सांसदहरुद्वारा संसद अवरोध

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १२ : २३ मा प्रकाशित

प्रतिपक्षी सांसदहरुद्वारा संसद अवरोध

नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् ।

आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभा बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो ।

बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो । 

प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुगेका छन् । उनलाई मर्यादापालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्याएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको