Like us!
Follow us!
Connect us!
Watch us!

एकाएक किन बढ्दैछ, चिलिमेको सेयर ?

विहीबार, १४ मंसिर २०७४, १४ : ४० मा प्रकाशित

एकाएक किन बढ्दैछ, चिलिमेको सेयर ?

अर्थ संसार, काठमाडौँ– हकप्रद सेयर आउने हल्ला बढेपछि चिमिले जलविद्युत् कम्पनीको सेयरमा पछिल्लो समय लगानीकर्ताको आर्कषण बढेको छ ।

चिलिमेले हकप्रद सेयर ल्याउने हल्ला बजारमा एकाएक चलेपछि पछिल्लो समयमा कारोबार बढेको हो ।

नेपाल स्टक एक्चेन्जको पछिल्लो एक महिनाको मात्रै तथ्यांकलाई आधार बनाउने हो भने  गत कात्तिक १५ गते प्रतिकित्ता रु ७६६ रहेको चिलिमेको सेयर झण्डै एक महिना अन्तरालमा करिब रु २०० ले बढेको छ ।

लगानीकर्ताले प्रतिसेयर पछिल्लो एक महिनामा १९४ कमाएका छन् । मंगलबार मात्र चिलिमेको सेयर रु २१ ले बढेको थियो ।

चिलिमेका अधिकारी भने हकप्रद सेयर निष्कासनको कुनै योजना नरहेको बताउछन् । तत्काल लगानी गर्न नयाँ आयोजना तयार नभएकाले हकप्रद सेयर निष्कासन गरेर पुँजी संकलन गर्ने योजनामा कम्पनी छैन ।

सेयरको मूल्यका साथै सबैभन्दा बढी कारोबार हुन थालेको छ । तर तत्काल हकप्रद आउने सम्भावना भने देखिदैन ।

म्युचल फण्डले चिलिमेको सेयर किनेकाले पनि बजार बढेको हुन सक्ने अनुमान गरिएको  छ । चिलिमेबाट प्राप्त हुने प्रतिफल निश्चित र आकर्षक भएकाले म्युचल फण्डको लगानी त्यता गएको हुन सक्ने देखिन्छ ।

चिलिमेका अधिकारी भने हकप्रद सेयर निष्कासनको कुनै योजना नरहेको बताउछन् । तत्काल लगानी गर्न नयाँ आयोजना तयार नभएकाले हकप्रद सेयर निष्कासन गरेर पुँजी संकलन गर्ने योजनामा कम्पनी छैन ।

चिलिमेले हालै दुई वटा आयोजनाको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) लिएको छ । तर ती आयोजनाको अध्ययन गरेर निर्माणको चरणमा पुग्न केही समय लाग्ने भएकाले तत्काल हकप्रद सेयर जारी गर्ने सोच नबनेको कम्पनीको भनाइ छ ।

यो पनि हेर्नुहोस्

कमोडिटी मार्केटमा जिरादेखि सुन समेत बिक्री गर्न पाइने, बोर्डले ल्यायो नयाँ निर्देशिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको