Like us!
Follow us!
Connect us!
Watch us!

छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १३ : ४७ मा प्रकाशित

छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति

सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरुबिच सहमति भएको छ ।

सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार प्रधानमन्त्रीलाई सहमतिको दस्तावेज पेस गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिने छ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूका बैठकमा भएको सहमति अनुसार नै आज कार्यदलले टीओआरलाई अन्तिम रूप दिएको हो ।

कार्यादेशमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको थियो । तर, अन्तिम समयमा यो अडानबाट ब्याक भएर जोडिएको सहकारी र संस्थाको नाम उल्लेख गरेर समिति बनाउन तयार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको