Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा महङ्गा अस्पताललाई समेत लाग्ने विलासिता करको दायरा नेपालमा भने निकै सीमित

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ०८ : ३८ मा प्रकाशित

भारतमा महङ्गा अस्पताललाई समेत लाग्ने विलासिता करको दायरा नेपालमा भने निकै सीमित

भारतमा महङ्गा अस्पताललाई समेत लाग्ने विलासिता करको दायरा नेपालमा भने निकै सीमित वस्तु र सेवामा लाग्ने गरेको छ ।

मङ्गलबार भएको बजेट भाषणमा कुल व्यवको करिब ३० प्रतिशत अर्थात ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको आय स्रोत अपुग भई आन्तरिक तथा बाह्य स्रोतबाट जुटाउने घोषणा गरिएको छ । यसै सन्दर्भमा विलासिता करको दायरा विस्तार गर्न सके यस बजेट घाटालाई कम्तिमा सानो अङ्कले भए पनि कम गर्न सकिने देखिन्छ ।

अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक अनुसार यसरी विलासिता कर लाग्ने वस्तु तथा सेवामा पाँच तारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित तयारी मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गरगहना वा हिरामोती पत्थर जडित सुनका गरगहना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको