Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा बस दुर्घटना हुँदा ग्लोबल आएमई बैंकका कर्मचारी घाइते

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, २१ : २७ मा प्रकाशित

सिन्धुलीमा बस दुर्घटना हुँदा ग्लोबल आएमई बैंकका कर्मचारी घाइते

सिन्धुलीमा बस दुर्घटना हुँदा ग्लोबल आएमई बैंकका कर्मचारी घाइते भएका छन् ।

जिल्लाको गोलन्जोर ७ खुर्कोट तल्लो बारामा महोत्तरीको बर्दिवासबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१० प ०१ - १७३२ नम्बरको पर्यटक बस बिहीबार दिउँसो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते भएका २५ जनालाई स्थानीय शुभजीवन अस्पताल तथा धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्कुटरलाई जोगाउने क्रममा बस सडकबाट करिब ३० मिटर तल झरेर स्थानीयको घर पछाडि पल्टिएको थियो । बस भित्रबाट घाइतेलाई प्रहरी, स्थानीयलगायतले उद्धार गरेका थिए । बर्दिवासमा तालिममा सहभागी भएर फर्किरहेका बैंकका कर्मचारी बसमा सवार रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको