Like us!
Follow us!
Connect us!
Watch us!

‘पठाओ पार्सल डेलिभरी’ सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, २३ : ५८ मा प्रकाशित

‘पठाओ पार्सल डेलिभरी’ सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र

राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो ‘पठाओ पार्सल’ सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिनेछ ।

व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि डेलिभरीका लागि एक पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ ।

‘कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ’, कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले भने, ‘पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी विजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ ।’ उनका अनुसार पठाओले यस सेवामार्फत परिक्षण अवधीमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको छ ।

पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ ।

पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ ।

नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ ।

पठाओले पार्सल डेलिभरीसँगै दुई पांग्रे र चार पांग्रेसमा राइड सेयरिङ, पठाओ फूड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ । पठाओले पार्सल सुविधा प्रयोग गर्न चाहनेले ०१-५९७००९९ मा सम्पर्क गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको