Like us!
Follow us!
Connect us!
Watch us!

बजेट अघि सेयर बजार तीन दिन मात्रै खुल्ने

अर्थ संसार

आइतबार, १० जेठ २०८३, ११ : ५७ मा प्रकाशित

बजेट अघि सेयर बजार तीन दिन मात्रै खुल्ने

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ सालको बजेट अबको ६ दिन पछि संसदमा पेश हुने छ । नेपालको संविधानमा नै भएको व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नु पर्ने हुन्छ । 

यो साता नै बजेट आउने छ । बजेट अघि सेयर बजार भने अब ३ दिन मात्रै खुल्ने भएको छ । जेठ १४ गते इदको बिदा हो । त्यस्तै बजेट सार्वजनिक हुने दिन पनि गणतन्त्र दिवसको बिदा हुने भएकाले यो साता सोमबारदेखि बुधबारसम्म मात्रै सेयर कारोबार हुने भएको हो । गत साता भने सेयर बजार पुरा पाँच दिन नै खुलेको थियो । 

सरकारले सातामा शनिबार र आइतबार बिदा दिएका कारणले आज सेयर बजार बन्द हुन्छ । सोमबार देखि शुक्रबार सम्म खुल्ने सेयर बजार यो साता भने बिहीबार र शुक्रबार पनि सार्वजनिक बिदा परेकाले तीन दिन मात्रै खुल्ने भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको