Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ - सस्मित पोखरेल

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, १७ : ३८ मा प्रकाशित

प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ - सस्मित पोखरेल

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन शाह नबोल्ने विषयमा मन्त्रिपरिषद्‌मा कुनै छलफल नभएको शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्। मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीले आवश्यकता अनुसार आफ्नो धारणा राख्ने जानकारी दिए।

गणतन्त्र दिवसमा सम्बोधन नगर्नेबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यसको बारेमा मन्त्रिपरिषद्मा छलफल भएको छैन आज। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।’

सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बजेटको काम अर्थमन्त्रीले गरिराखेको बताए । उनले भने, ‘बजेटको विषयमा अर्थमन्त्री काम गरिराख्नुभएको छ। सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरैजसो प्रस्तुत गरिसक्नुभएको छ। काम हुँदै छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको