Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : पञ्जाब विजयी, प्लेअफमा पुुग्न अरुको भर पर्नु पर्ने

अर्थ संसार

आइतबार, १० जेठ २०८३, ०७ : २७ मा प्रकाशित

आईपीएल क्रिकेट : पञ्जाब विजयी, प्लेअफमा पुुग्न अरुको भर पर्नु पर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्स विजयी भएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । 

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित १०१ रन बनाए । अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ । अब पञ्जबलाई प्लेअफमा पुग्नका लागि राजस्थान रोयल्सको खेलको नजितामा भर पर्नुपर्ने भएको छ । आज हुन खेलमा राजस्थान विजयी भएको खण्डमा पञ्जाबको प्लफ खेल्ने सम्भावना सकिने छ । आजको खेलमा राजस्थान पराजित भएको खण्डमा भने पञ्जाब प्लेअफमा पुग्ने छ । 

आईपीएल क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । पहिलो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो पौने ४ बजे हुनेछ भने अर्को खेल बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डेन्समा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको