अर्थ संसार
काठमाडौं–कन्काई विकास बैंकले झापाको राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बिहीबार बैंकको नयाँ शाखाको उद्घाटन गरे । बैंकको शाखा सञ्जाल १० पुगेको छ ।
झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पूर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताए ।
चुक्ता पूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गत वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ४७ करोड रुपैंया पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस