Like us!
Follow us!
Connect us!
Watch us!

डोलेश्वर भिलेजले आईपीओ जारी गर्ने, स्वीकृतिका लागि बोर्डमा आवेदन दिदै

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, १६ : २० मा प्रकाशित

डोलेश्वर भिलेजले आईपीओ जारी गर्ने, स्वीकृतिका लागि बोर्डमा आवेदन दिदै

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो ।

कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रस्ताव पारित गरेको छ ।

भिलेजले आईपीओ निष्काशन तथा बाँडफाँड गर्ने प्रयोजनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको