Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको सुधार, १२ अर्ब माथिको कारोबार

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १५ : १३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको सुधार, १२ अर्ब माथिको कारोबार

मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घटेको छ । आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले बढेर ४८२.५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ६ वटाको सेयर मूल्य बढेको छ भने ७ वटाको घटेको छ । 

परिसूचक बढेको दिन कारोबार रकम भने १२ अर्बमा सिमित भएको छ । आज ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर १ लाख ६ हजार १४० पटक खरिद बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको