Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझाउँदै आयोग,कहिले बन्छ बालेन सरकार ?

अर्थ संसार

विहीबार, ०५ चैत्र २०८२, ११ : ०७ मा प्रकाशित

निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझाउँदै आयोग,कहिले बन्छ बालेन सरकार ?

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन आज राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न भएपछि आयोगले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ।

आयोगले प्रतिवेदन बुझाउनुअघि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पाएको मतका आधारमा चयन भएका ११० जना सांसदलाई आजै प्रमाणपत्र वितरण गर्नेछ। यसका लागि आयोगले चैत ५ गते अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा समय माग गरेको जनाएको छ। आयोगले अन्तिम प्रतिवेदन पेश गरेपछि नयाँ सरकार गठन तथा संसद्को कार्य सञ्चालनको प्रक्रिया अघि बढ्नेछ। त्यसपछि संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको तयारी गर्नेछ। सचिवालयका अनुसार चैत १२ गते शपथग्रहण कार्यक्रम राख्ने योजना छ। सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सिट आवश्यक पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।

यद्यपि, सरकार गठनअघि रास्वपाले संसदीय दलको नेता चयन गर्नुपर्ने भएकाले प्रक्रिया केही समय लम्बिन सक्ने देखिएको छ। पार्टी नेताहरूका अनुसार सांसदहरूको शपथपछि मात्र संसदीय दलको नेता चयन गरिनेछ। चुनावअघि रास्वपाले बालेन्द्र शाहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो, जसका लागि उनलाई संसदीय दलको नेता बनाउनु पर्ने हुन्छ।

शपथग्रहणपछि केही दिनमै नयाँ सरकार गठन हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको