Like us!
Follow us!
Connect us!
Watch us!

स्रोत नखुलेको १ करोड रुपैयाँसहित एकजना पक्राउ

अर्थ संसार

आइतबार, २० जेठ २०८१, १० : ३५ मा प्रकाशित

स्रोत नखुलेको १ करोड रुपैयाँसहित एकजना पक्राउ

सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हरिनगर गाँउपालिका ५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकम हुन्डी कारोबारको भएको आशंका गरिएको छ। 

बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको