Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोग परिसरबाट पक्राउ परे राहुल गान्धी

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १५ : ०४ मा प्रकाशित

निर्वाचन आयोग परिसरबाट पक्राउ परे राहुल गान्धी

भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धीलाई सरकारले हिरासतमा लिएको छ । मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी भएको आरोप लगाउँदै विपक्षी दलले निर्वाचन आयोग घेराउ गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।

आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । मार्चपास लोकसभामा पिक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो । यसअघि सबै सांसद धर्नामा बसेका थिए । गान्धीले हिरासत जाँदै गर्दा संविधान बचाउन आफूहरु सडकमा आएको प्रतिक्रिया दिएका छन् ।

उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको आ।रोप लगाएका छन् । मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव,महुजा मोइत्रा, संजय राउतलगायत थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको