Like us!
Follow us!
Connect us!
Watch us!

स्रोत नखुलेको ८ लाख रुपैयाँ सहित ३ जना पक्राउ

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १० : ३५ मा प्रकाशित

स्रोत नखुलेको ८ लाख रुपैयाँ सहित ३ जना पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका–८ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख १३ हजार ९१० रुपैयाँसहित तीन जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका–३ का ३४ वर्षीय सुवास लामिछाने, २९ वर्षीय रुपेश सहनी र मलंगवा नगरपालिका–१० घर भई कविलासी नगरपालिका–४ बस्ने २८ वर्षीय मुकेश चौधरी रहेका छन्।

भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। मधेश प्रदेश ०३–०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवास र रुपेश तथा पैदल यात्री मुकेशलाई नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको