विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् ।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ताम्राकारले इजरायल पठाउँछु भनेर एकजना पीडितसँग १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अर्का आरोपी घलेले जापान पठाउँछु भनेर ६ लाख रुपैयाँ ठगी गरेको एसपी आचार्यले बताए । उनीहरूलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस