Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयर पाउन करबापतको रकम जम्मा गर्न मनकामना स्मार्ट लघुवित्तको आग्रह

अर्थ संसार

आइतबार, २० जेठ २०८१, १३ : १६ मा प्रकाशित

बोनस सेयर पाउन करबापतको रकम जम्मा गर्न मनकामना स्मार्ट लघुवित्तको आग्रह

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर पाउन कम्पनीले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। लघुवित्तले सूचना जारी गर्दै बोनस प्राप्त गर्न त्यसमा लाग्ने करबापतको रकम बुझाउनलाई सेयरधनीहरुलाई आग्रह गरेको हो ।

लघुवित्तको २०७८ पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले उक्त लाभांश अनुमोदन गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको भएतापनी बोनसमा लाग्ने कर रकम प्रस्तान गरिएको थिएन ।

साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त आपसमा गाभिएर २०७७ साउन ११ गतेबाट मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। सो मितिपश्चात सेयर खरिद गरेका तथा प्राथमिक सेयर निष्कासनमा बाँडफाँडमा परी हालसम्म सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्थाबमोजिम कर लाग्ने र सो करबापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने संस्थाले जनाएको छ ।

उक्त सेयरबाट आर्जित बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन बाँकी रहेका सेयरधनीले संस्थाको एनएमबि बैंक भैरहवा शाखामा रहेको ०७८००६६१२८३०००१२ बैंक खातामा करबापतको रकम जम्मा गर्न सकिने बताइएको छ ।

यसरी रकम जम्मा गरेपछि उक्त डिपोजिट भौचर संस्थाको ई–मेल manakamana.bonustax.gmail.com मा पाठएपछि बोनस सेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने संस्थाले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको