Like us!
Follow us!
Connect us!
Watch us!

बजेटले अर्थतन्त्र उकास्न निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेट सकेको छैन : अर्थ विज्ञ अच्युत वाग्ले

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०८ : १७ मा प्रकाशित

बजेटले अर्थतन्त्र उकास्न निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेट सकेको छैन : अर्थ विज्ञ अच्युत वाग्ले

अर्थ विज्ञ अच्युत वाग्ले सरकारले ल्याएको बजेटले मन्दीमा रहेको अर्थतन्त्र उकास्ने खालको नयाँ उपाय नसुझाएको बताए । 

इकोनोमी मिडिया सोसाइटीले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम अर्थविज्ञ वाग्लेले यस्तो बताएका हुन् । 
अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेटले नसकेको उनको भनाई थियो । उनले भने, ‘सरकारले ल्याएको नयाँ बजेट महात्कांक्षी छैन । अर्थतन्त्र उकास्न आवश्यक निजी र वैदेशिक लगानी जुट्ने नयाँ उपाय सुझाउन बजेट सकेको छैन ।’

बजेटले राजश्वको अतिरिक्त स्रोत पहिचान गर्न चुकेको उनको भनाई छ । यसका साथै कर प्रस्तावहरु कार्यान्वयन नहुने सम्भावन आंशिक मात्र रहेको बताए । ‘राजश्वको उल्लेख्य आकारका अतिरिक्त स्रोतहरु पहिचान गर्न बजेट चुकेको र कर प्रस्तावहरु कार्यान्व्यन पनि नहुने सम्भावना आंशिक मात्र छ’, उनले भने । 

राजश्व आम्दानीले साधारण खर्च धान्न नपुग्ने स्थिति निन्तर रहने उनको भनाई छ । सुशासनको प्रत्याभुति मार्फत दातृनिकायको विश्वास जितेर ठुलो वैदेशिक सहायता भित्र्याउन पनि सहज नभएको वाग्लले बताए । 

यद्यपि, आगामी बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिको लक्ष्य लिएको उनको भनाई छ । स्रोत, साधानलाई सन्तुलित र व्यवहारिक ढंगले परिचालन गरि आर्थिक असमानत र गरिबी न्यनूकरण, कृषि क्षेत्रमा रुपान्तरण, उर्जा क्षेत्रमा विकास, सूचना प्रविधि विकास, पर्यट प्रवद्र्धन र उद्यमशीलता र आद्योगिकत विकासको लक्ष्य लिएको वाग्लेले जानकारी गराए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको