ठमेल प्लाजा होटल एन्ड सुइट्सले आजबाट जेठ २१ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।
यस होटलले सेयरधनीहरुले चुक्ता गरेको शेयरको ७०.३० प्रतिशतले हुन आउन हकप्रद सेयर बिक्री खुला गरेको हो।
होटलको जेठ १९ गतेको विशेष साधारणसभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयरसमेत समेटेर आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिएको छ।
आईपीओ निष्कासनको तयारीमा रहेको यस कम्पनीले हकप्रद सेयरमा असार २३ गतेसम्म खरिद निवेदन दिन सकिने होटलले जनाएको छ। हाल कायम सेयरधनीहरुले हकप्रद सेयर खरिदका लागि निवेदन नदिएको खण्डमा सञ्चालक समितिको निर्णयबाट अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई सेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरिने होटलले जनाएको छ।
इच्छुक सेयरधनीले तोकिएको मितिभित्र सिटिजन्स बैंकमा ठमेल होटलको नाममा रहेको खाता नं. ०१५०१०००००६८१२०१ मा हकप्रद सेयर खरिदका लागि पैसा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।
कम्पनीले गत जेठ १९ गते विशेष साधारण सभा आयोजना गरी आईपीओ निष्कासनको प्रस्ताव पारित गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस