Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी शुरुवात

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०९ : ३६ मा प्रकाशित

टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी शुरुवात

जारी आइसीसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको १३७ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

वेस्ट इण्डिजको जितमा रोष्टन चेजले अविजित ४२ रन बनाए का थिए भने ब्राण्डन किङले ३४ र निकोलस पुरनले २७ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो । पीएनजीका लागि सेसे बाउले सर्बाधिक ५० रन बनाएका थिए भने किप्लिन डोरिगाले २७ र कप्तान असाद भालाले २१ रन बनाएका थिए ।

योसँगै समुह बी मा रहेको वेस्ट इन्डिजले महत्वपूर्ण २ अंक जोडेको छ ।

अब वेस्ट इन्डिजले अर्को खेल जुन ९ मा युगाण्डासँग खेल्ने तालिका छ भने त्यसअघि पीएनजीले जुन ६ मा युगान्डासँग नै खेल्ने तालिका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको