Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलियालाई हराउदै दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ०७ : ०२ मा प्रकाशित

अस्ट्रेलियालाई हराउदै दक्षिण अफ्रिका महिला टी- २० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७ .२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

६ पटकको विश्वकप विजेता अस्ट्रेलिया २००९ पछि पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ ।  

योसँगै दक्षिण अफ्रिकाले अब फाइनलमा न्यूजील्याण्ड र वेस्ट इन्डिजबीचको विजेतासँग आइतबार खेल्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको