Like us!
Follow us!
Connect us!
Watch us!

न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, ०७ : ११ मा प्रकाशित

न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।

फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो ।

न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

योसँगै न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको