Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १० : ४७ मा प्रकाशित

सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणले खरिद गर्न पाउने गरी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ७ हजार ३१२ कित्ता  संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । 

संस्थाले यसअघि संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको थियो  तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नपरेपछि सो सेयर सर्वसाधारका लागि बिक्रीमा ल्याएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको