Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी प्रदेशमा शुरु भयो श्रमाधान रोजगार मेला

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १३ : २७ मा प्रकाशित

गण्डकी प्रदेशमा शुरु भयो श्रमाधान रोजगार मेला

गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेलाको औपचारिक रुपमा उद्घाटन भएको छ ।

पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । दुई दिन आयोजना हुने मेलामा विभिन्न ३९ स्टल राखिएका छन् । मेलाको पहिलो दिन श्रम आप्रवासन : कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ ।

यसैगरी मेलाको दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतु : कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुने कार्यक्रम छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको