Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीमा अब सातामा चार दिन मात्रै काम

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १७ : २८ मा प्रकाशित

जर्मनीमा अब सातामा चार दिन मात्रै काम

जर्मनीले सातामा चार दिन मात्रै काम गर्नुपर्ने व्यवस्थाको ट्रायल गर्ने भएको छ ।

आगामी फेब्रुअरी १ देखि हुन गइरहेको पाइलट प्रोजेक्ट अनुसार अब कर्मचारीहरु सातामा ४ दिन मात्रै कार्यालय आएर काम गर्नुपर्नेछ । न्युजिल्यान्डको ४ डे वर्क ग्लोबल नामक गैरनाफा मूलक संस्थाको नेतृत्वमा यस अभियान ६ महिनासँग लागू हुनेछ । उक्त कम्पनीले यस अघि बेलायत, अमेरिका, क्यानडा र पोर्चुगलमा सफल रुपमा उक्त प्रयोग गरिसकेको जनाएको छ । जर्मनीमा हुन लागेको प्रोजेक्टमा ४५ कम्पनी सहभागी हुने जनाइएको छ ।

जर्मनी अहिले सुस्ताउँदो आर्थिक वृद्धिदर, दक्ष जनशक्तिको अभाव, उच्च मुद्रास्फीति जस्ता समस्याले प्रभावित भएको रिपोर्टहरुले देखाएका छन् । यस्तो अवस्थाबाट निकास पाउन हप्तामा चार कार्यदिनको सुविधा दिएर श्रमिकलाई खुशी, स्वस्थ्य र अधिक प्रभावकारी बनाउन सघाउ पुर्याउने त्यहाँका लेबर युनियनहरुले सुझाव दिएका हुन् । चार दिन मात्र काम गर्नुपरे पनि श्रमिकको उत्पादकत्वमा भने गिरावट आउन भने नहुने प्रोजेक्टलाई सर्त हुनेछ ।

जर्मनी युरोपियन युनियनका देशहरु मध्येमा उच्च संख्यामा पार्ट टाइम जागिरे भएको देश हो । चार कार्यदिनको व्यवस्थाले उनीहरुलाई थप सहयोग पुर्याउने विश्वास लिइएको छ । तर त्यहाँका अर्थ मन्त्रीले भने यस व्यवस्थाले अर्थतन्त्रको वृद्धिलाई हानी पुर्याउने प्रतिक्रिया दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको