Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १३ : २४ मा प्रकाशित

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो ।

यो सेयर खरिदका लागि सर्वसाधारण वा संस्थाहरूले समेत आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित सात दिनभित्र काठमाडौं बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानुन विभागमा लिखिन निवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थाले समेत खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको