Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिकदेखि त्रिभुवन विमानस्थलमा दैनिक १४ घन्टा मात्रै उडान हुने

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १४ : २७ मा प्रकाशित

कात्तिकदेखि त्रिभुवन विमानस्थलमा दैनिक १४ घन्टा मात्रै उडान हुने

कात्तिकदेखि त्रिभुवन विमानस्थलमा दैनिक १४ घन्टा मात्रै उडान हुने भएको छ ।

धावनमार्ग विस्तार र ट्याक्सीवे निर्माणका लागि विमानस्थल सञ्चालन समय घटाइन लागेको हो । नागरिक उड्डयन प्राधिकरणद्वारा जारी सूचना अनुसार विमानस्थलमा कात्तिक २३ देखि चैत १८ सम्म बिहान ८ बजेदेखि राति १० बजे अघिसम्म मात्र उडान सूचारु रहनेछ । करिब ५ महिनाको अवधिका लागि विमानस्थल सञ्चालन समय १० घन्टाले कटौती हुन लागेको हो ।

हाल विमानस्थलमा ट्याक्सीवे विस्तारको काम भइरहेको छ जस कारण बौद्ध क्षेत्रबाट हुने जहाज अवतरणमा तीन महिना रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको