Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा विमानको इन्जिन बन्द भएको ३० मिनेटभित्र सम्पूर्ण यात्रुको ब्यागेज उपलब्ध गराइसक्नुपर्ने

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, १० : ३८ मा प्रकाशित

भारतमा विमानको इन्जिन बन्द भएको ३० मिनेटभित्र सम्पूर्ण यात्रुको ब्यागेज उपलब्ध गराइसक्नुपर्ने

ब्यागेज डेलिभरीमा लामो समय कुर्नुपर्ने समस्या भोग्दै आएका सात भारतीय विमानसेवाका यात्रुलाई अब भने आफ्नो ब्यागेज पाउन ३० मिनेट भन्दा धेरै समय कुर्न नपर्ने भएको छ ।

भारतको नागरिक उड्डयन सुरक्षा ब्युरोले सात वायुसेवा कम्पनीलाई अब विमानको इन्जिन बन्द भएको १० मिनेटदेखि नै ब्यागेज डेलिभरी शुरु गरी त्यसको २० मिनेटभित्र सम्पूर्ण ब्यागेज सम्बन्धित यात्रुसमक्ष पुर्याउन निर्देशन दिएको हो । विमानसेवाहरुलाई उक्त नियम अनुसारको व्यवस्था गर्न फेब्रुअरी २६ सम्मको समयसीमा दिइएको छ ।

यात्रुहरुले ब्यागेज डेलिभरीमा धेरै समय बिताउनुपरेको गुनासो आएपछि ब्युरोले भारतका ६ विमानस्थलमा विस्तृत अध्ययन गरेको थियो । अध्ययन पछि एयर इन्डिया, विस्तारा एयर, इन्डिगोलगायतका सात वायुसेवा प्रदायकलाई ब्युरोले यस्तो निर्देशन जारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको