Like us!
Follow us!
Connect us!
Watch us!

अत्यधिक टर्ब्युलन्सका कतार एयरवेजको विमानमा सवार १२ यात्रु घाइते

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, २० : १२ मा प्रकाशित

अत्यधिक टर्ब्युलन्सका कतार एयरवेजको विमानमा सवार १२ यात्रु घाइते

सिङ्गापुर एअरलाइन्सको विमानमा अत्यधिक टर्ब्युलन्सका कारण एक यात्रुको मृत्यु भएको केही दिनमै फेरि कतार एयरवेजको विमानमा सवार १२ यात्रु टर्ब्युलन्सका कारण घाइते भएका छन् ।

आइतबार दिउँसो कतारको दोहाबाट आयरल्यान्डको डब्लिनका लागि उडेको क्युआर १०७ उडानमा उक्त घटना भएको हो । डब्लिनमा अवतरण गरेपश्चात आकस्मिक उद्धार टोलीले यात्रुहरुको स्वास्थ्य परीक्षण गरेको थियो । घटनामा यात्रु र क्रुलाई सामान्य चोटपटक मात्र लागेको जनाइएको छ ।

केही दिनअघि भएको यसै किसिमको घटनामा एक यात्रुको मृत्यु हुनाका साथै १०४ जना घाइते भएका थिए । जलवायु परिवर्तनका कारण आगामी दशकमा टर्ब्युलेन्स अझ गम्भीर र निरन्तर भइरहने घटना बन्ने विज्ञहरुले बताउँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको