बाढीले क्षतिग्रस्त भएको शुभम पावर लिमिटेडद्वारा निर्मित तल्लो पिलुवाखोला साना जलविद्युत आयोजनाको पुनर्निर्माणपश्चात् विद्युत आपूर्ति सुचारु भएको छ ।
०.९९ मेगावाटको उक्त आयोजनामा गत असार २ गते पूर्वी नेपालमा आएको बाढीले व्यापक क्षति पुर्याएको थियो । करिब साढे ११ महिनासम्म उत्पादन बन्द भएको उक्त योजनाबाट जेठ २२ गतेदेखि विद्युत उत्पादन सुचारु भएको जनाइएको छ ।
आयोजनाका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पावरहाउस एवम् स्वीचयार्डमा जडान भएका आवश्यक उपकरणको मर्मत तथा परीक्षण कार्य सकिएपछि जेठ २२ गतेबाट विद्युत उत्पादन थालिएको हो । गत वर्षको बाढीले सञ्चालनमा रहेका १३ तथा निर्माणाधीन १७ योजनामा व्यापक क्षति पुर्याएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस