Like us!
Follow us!
Connect us!
Watch us!

श्री डिस्टिलरीले आइपीओ जारी गर्ने

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, ०८ : ३१ मा प्रकाशित

श्री डिस्टिलरीले आइपीओ जारी गर्ने

मदिरा कम्पनी श्री डिस्टिलरीले आइपीओ ल्याउने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्राथमिक साधारण सेयर जारी प्रस्ताव सहित आफ्नो विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले असार ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजे बस्ने तय गरिएको छ। 

सभाले सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। तेस्तै,आइपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले तेस्तै प्रबन्धपत्र र नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा वार्षिक संशोधन गर्न निर्देशन एवं सुझाव प्राप्त भएमो सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने तय गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको