Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ५८ प्रतिशत

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १७ : ३७ मा प्रकाशित

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा ५८ प्रतिशत

नेपाल राष्ट्र बैंकले वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । 

नेप्सेमा जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.८ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ बैशाख मसान्तमा सूचीकृत ८ अर्ब २८ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब २० अर्ब ९३ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा ८४ अर्ब ९९ करोड बराबरको साधारण सेयर, २० अर्ब ४० करोड बराबरको बोनस सेयर, २० अर्ब १ करोड बराबरको हकप्रद सेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब २५ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण सेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०८१ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड कायम भएको छ । २०८० बैशाख मसान्तमा बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको