प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूहतर्फको उक्त सेयर सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आषाढ ७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले सेयर बोलकबोलको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् भने अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सकिने छ ।
सेयर खरिदको लागि न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ । यसबाट पनि सेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बोलकबोलमा सेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको सेयरहरु माग भएको सेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस