Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास सहकारीका सञ्चालकसहित ४ जना पक्राउ

अर्थ संसार

आइतबार, ०२ असार २०८१, ११ : २७ मा प्रकाशित

कृषि विकास सहकारीका सञ्चालकसहित ४ जना पक्राउ

ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो।

पक्राउ परेको ४ जनालाई आज प्रहरीले सार्वजनिक गर्दै छ । उक्त सहकारीका साढे ६ सय बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अपचलन गरेको बताइएको छ ।

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको