Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्ष नियुक्तिमा करोड करोडको कुरा आउने, राजनैतिक लबिंङको कुरा आउनु राम्रो भएन : दिपक कार्की

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०९ : ४६ मा प्रकाशित

सेबोन अध्यक्ष नियुक्तिमा करोड करोडको कुरा आउने, राजनैतिक लबिंङको कुरा आउनु राम्रो भएन : दिपक कार्की

सेयरबजारका लगानीकर्ताहरुको संघ जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दिपक कार्कीले देशको अर्थतन्त्र र राजस्वमा टेवा पुर्याउने पुंजीबजारलाई नजरअन्दाज गरेको भन्दै सरकारसँग आक्रोश पोखेका छन्। 

पुंजीबजारको विकास गराउने राम्रो नेतृत्व, बजार सम्बन्धि ज्ञान भएको मान्छे यस नियामक संस्थाको अध्यक्ष हुनपर्ने आफुहरुको चाहना रहेको उनले अर्थसंसारलाई बताए।  

उनले भने ,'धितोपत्र बोर्ड सधै देखाउने दाँत भएको छ, करोड करोडको कुरा आउने, राजनैतिक लबिंङको कुरा आउनु राम्रो भएन। '

उनले नेपाल धितोपत्र बोर्ड ३२ वर्ष पुग्दा पनि बलियो बन्न नसकेकोमा आफुहरु चिन्तित रहेको बताए। 

बजारमा लगानीकर्ताको हकहितको नाममा राजिनिती गरेको भन्दै अरु संघ देखि रुष्टता प्रकट गर्दै उनले प्रश्न गरेका छन् ,'प्रुफ के छ भनेर सोध्ने संघका अध्यक्षहरु येत्रो ६-६ महिना सम्म धितोपत्र बोर्ड खाली हुदा कता सुतिराथ्यो? '

आफुहरुले कुनै पनि हालतमा धरासाही बनाउने अध्यक्ष आउन नदिने उनले बताएका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको