Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदको प्रस्तावसहित होटल एलिस द वन्डर इनद्धारा साधारणसभा आह्वान

अर्थ संसार

आइतबार, ०२ असार २०८१, २० : ०१ मा प्रकाशित

हकप्रदको प्रस्तावसहित होटल एलिस द वन्डर इनद्धारा साधारणसभा आह्वान

हकप्रद सेयर निष्कासनको प्रस्तावसहित होटल एलिस द वन्डर इन लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजी नौ करोड रुपियाँको १३.५ प्रतिशत अर्थात् १ सय कित्ता सेयरबराबर १३.५ कित्ताका दरले हकप्रद  सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद  सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभा, असार १९ गते नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको