Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको साधारण सभा असार ६ गते हुने,के-के छन् मूख्य एजेण्डा ?

अर्थ संसार

आइतबार, ०२ असार २०८१, २० : ४४ मा प्रकाशित

अभियान लघुवित्तको साधारण सभा असार ६ गते हुने,के-के छन् मूख्य एजेण्डा ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको  चौथो वार्षिक साधारण सभा असार ६ गते बिहीबार हुने  भएको छ । 

सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले  गत आवको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने निर्णय गरेको छैन ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरिसकेको छ । जेठ २० गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन ।  

सभा, ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा–४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको