Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्त घाटामा, कस्तो छ वित्तीय सूचकको अवस्था ?

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १२ : ३६ मा प्रकाशित

अभियान लघुवित्त घाटामा, कस्तो छ वित्तीय सूचकको अवस्था ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण  सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निराशाजनक रहेको देखिन्छ ।

खुद नाफा

गत आर्थिक वर्ष ३४ करोड ८५ लाख रुपैयाँ घाटामा  छ। अघिल्लो आर्थिक वर्ष ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी भने २२.०८ प्रतिशतले वृद्धि भएर ८ करोड ९७ लाख २३ हजार रुपैयाँ पुगेको छ । जबकी अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ७ करोड ३४ लाख ९४ हजार रुपैयाँ मात्रै थियो ।

कुल सञ्चालन आम्दानी/ सञ्चालन नाफा

गत वर्ष  कम्पनीको कुल सञ्चालन आम्दानी पनि ११.७६ प्रतिशतले बढेर १२ करोड ३१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ११ करोड १ लाख ५० हजार रुपैयाँ थियो । यससँगै कम्पनीको सञ्चालन नाफा घटेर ४३ लाख १४ हजार रुपैयाँ ऋणात्मक भएको छ । अघिल्लो वर्ष पनि कम्पनीको यस्तो नाफा ४ लाख १३ हजार रुपैयाँ ऋणात्मक नै थियो ।

इम्पेयरमेन्ट चार्ज

समीक्षा अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १२ लाख ७६ हजार रुपैयाँ ऋणात्मकबाट बढेर एक करोड ६ लाख २० हजार रुपैयाँ पुगेको छ ।

खुद सञ्चालन आम्दानी

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद सञ्चालन आम्दानीमा ०.९४ प्रतिशतको सामान्य वृद्धि भएको छ । वितरणयोग्य नाफा भने ३ करोड ८८ लाख ऋणात्मक छ ।

निक्षेप संकलन/कर्जा प्रवाह

गत वर्ष कम्पनीको कर्जा प्रवाह २०.४१ प्रतिशतले बढेर २ अर्ब १५ करोड ५९ लाख १८ हजार रुपैयाँ र निक्षेप संकलन १४.१७ प्रतिशतले बढेर २३ करोड ७९ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

ईपीएस

गत वर्ष कम्पनीको ईपीएस पनि ०.४० रुपैयाँ धनात्मकबाट घटेर १.७३ रुपैयाँ ऋणात्मक भएको छ ।

प्रतिसेयर नेटवर्थ

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

खराब कर्जा

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खराब कर्जा पनि ०.९ प्रतिशले बढेर ४.९८ प्रतिशत पुगेको छ ।

चुक्ता पूँजी/रिटेन्ड अर्निङ

समीक्षा अवधिमा २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४ करोड ९३ लाख ७० हजार रुपैयाँ ऋणात्मक र रिजर्भमा ६ करोड ७६ लाख ६९ हजार रुपैयाँ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको