Like us!
Follow us!
Connect us!
Watch us!

जोखिम बहन गर्न सोनापुर मिनरल्स्को ५ अर्ब बढीको बीमा

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, ११ : १६ मा प्रकाशित

जोखिम बहन गर्न सोनापुर मिनरल्स्को ५ अर्ब बढीको बीमा

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले जोखिम बहन गर्न ५ अर्ब रुपैयाँ भन्दा बढीको बीमा गरेको छ। कम्पनीले नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा कुल ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँको सम्पत्ति तथा सामूहिक दुर्घटना बीमा गरेको छ। 

कम्पनीले नेको इन्स्योरेन्समा कुल ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा गराएको छ । जसमा हेभि ईक्विपमेन्ट, ढुवानीका साधनहरु, मोटर कार, जिप, भ्यान, मोटरसाइकल जस्ता सम्पत्तिहरु रहेका छन् । कम्पनीले सन् २०२३ जुलाई १८ मा नेको इन्स्योरेन्सबाट ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको सम्पत्ति बीमालेख खरिद गरेको हो । जसमा कम्पनीले १० करोड रुपैयाँ प्रिमियम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । 

योसँगै, कम्पनीले शिखर इन्स्योरेन्समा कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा गराएको छ । सन् २०२२ सेप्टेम्बर १८ मा कम्पनीले शिखर इन्स्योरेन्समा २४ करोड ७८ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गराएको हो । जसमा कम्पनीले कम्पनीले ३ लाख ७१ हजार ७२० रुपैयाँ प्रिमियम भुक्तानी गरिसकेको छ । 
कम्पनीले भौतिक सम्पत्तिहरुको विभिन्न जोखिम बहन गर्न दुई वटा बीमा कम्पनीमा बीमा गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको