Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १८ : १९ मा प्रकाशित

काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन

कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध फेरी पनि आन्दोलनमा उत्रिएका छन् ।  

व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरेका हुन्। कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शन गरे । त्यसक्रममा उनीहरूमाथि प्रहरीले धरपकड गरेको छ । प्रहरीले लाठी हानेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । प्रहरीले पानीको फोहरा हान्ने गाडीसमेत उतारेको थियो ।

अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गरसहितका प्लेकार्ड बोकेर उनीहरू आन्दोलित भएका हुन् । उनीहरुले महानगरको ज्यादती रोक्न पनि माग गरे ।

कवाड व्यवसायीलाई नहटाउनू भन्ने उच्च अदालतको आदेश नटेरी महानगरले आफ्नो टहरामा डोजर चलाएको भन्दै व्यवसायी प्रदर्शनमा उत्रीएका  हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको