Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई कांग्रेसको चुनौतीः आबेगमा कांग्रेसलाई आरोप लगाउनुभयो, सक्नुहुन्छ गिरीबन्धुको फाइल खोल्नुस्

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १२ : २३ मा प्रकाशित

ओलीलाई कांग्रेसको चुनौतीः आबेगमा कांग्रेसलाई आरोप लगाउनुभयो, सक्नुहुन्छ गिरीबन्धुको फाइल खोल्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ओलीलाई यस्तो चुनौती दिएका हुन 

उनले भने, ‘गिरीबन्धु प्रकरणमा केपी कमरेडले फेरि भन्नुभयो कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो उहाँको आवेगको कुरा हो । उहाँलाई म श्रद्धा गर्छु । तर, प्रश्न गर्ने कुरामा पछि हट्नि ? ०५२ सालमा एमालेकै सरकार हुने, भूमिसुधार मन्त्री एमालेकै हुने ०६० सालको सरकार सूर्यबहादुर थापाको भूमिसुधार मन्त्री कांग्रेस नहुने, ०७८ सालमा त केपी ओलीको सेट नै हुने । अनि गिरीबन्धुको विषयमा यही तीनवटा सरकारमा पालामा निर्णय भएको छ अनि कांग्रेस नै नभएको सरकारको दोष कांग्रेसमाथि लगाउँदा हामी चुप लागेर सहेर बस्नुपर्ने ? आबेगले उहाँले उठाएको प्रश्नमा विवेकले जवाफ दिन कांग्रेस पछि पर्दैन ।’  ‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन । तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल ।’ उनले भने  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको