Like us!
Follow us!
Connect us!
Watch us!

ऋणको बढ्दो ग्राफः २४ खर्ब नाघ्यो तिर्न बाँकी सार्वजनिक ऋण,हरेक नेपालीलाई साढे ८२ हजारको भार

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १७ : २७ मा प्रकाशित

ऋणको बढ्दो ग्राफः २४ खर्ब नाघ्यो तिर्न बाँकी सार्वजनिक ऋण,हरेक नेपालीलाई साढे ८२ हजारको भार

पछिल्ला वर्षहरूमा राष्ट्रिय ऋणको भार बढ्दो छ । चालू आर्थिक वर्षको जेठसम्ममा लिएको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको तथ्यांकअनुसार आन्तरिक र बाह्य ऋण जेठसम्ममा २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यस्तो ऋण कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को आधारमा ४२ प्रतिशत पुगेको छ ।

सार्वजनिक ऋण गत असार मसान्तको तुलनामा जेठसम्ममा १ खर्ब १० अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको जेठ सम्ममा सार्वजनिक ऋण लागि २ खर्ब ७१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ । यस्तो खर्चमा आन्तरिक ऋणको लागि २ खर्ब २७ अर्ब रुपैयाँ र बाह्य ऋणको लागि ४३ अर्ब रुपैयाँ खर्च भएको पनि उल्लेख छ ।

जेठसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानी १ खर्ब ६१ अर्ब रुपैयाँ भएको छ भने ब्याज खर्च ६५ अर्ब ५७ करोड रुपैयाँ भएको पनि उल्लेख छ ।

जेठसम्ममा भएको बाह्य ऋणको लागि साँवा भुक्तानी ३५ अर्ब ७० करोड र ब्याज भुक्तानी ८ अर्ब २९ करोड रुपैयाँ भएको छ ।

यस्तो तथ्यांकअनुसार हालसम्म सरकारले सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ भने ७३ अर्ब ८६ करोड रुपैयाँ ब्याज भुक्तानी भएको पनि उल्लेख छ ।

सरकारले यो वर्षको पछिल्लो ११ महिनामा २ अर्ब २७ अर्ब १९ करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्दा बाह्य ऋण भने ८२ अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको तथ्यांकलाई हिसाब गर्दा प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार ६ सय २५ रुपैयाँ ऋण लागेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको