Like us!
Follow us!
Connect us!
Watch us!

ऋणमा चुर्लुम्म डुब्यो सरकार: ५ महिनामा ५८ अर्ब ऋण थपिँदा तिर्न बाँकी कति ?

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ११ : १६ मा प्रकाशित

ऋणमा चुर्लुम्म डुब्यो सरकार: ५ महिनामा ५८ अर्ब ऋण थपिँदा तिर्न बाँकी कति  ?

सरकारले यस आर्थिक वर्षका लागि ऋणको साँवा र ब्याज भुक्तानीको लागि ४ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा मंसिरसम्म १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । 

जुन वार्षिक बजेट विनियोजनको आधारमा ४२.३५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनकोे आधारमा मंसिरसम्म कुल ऋण सेवा खर्च २.९९ प्रतिशत हो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋणतर्फको साँवारब्याज भुक्तानी १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ जसमा साँवा भुक्तानी १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ र ब्याज भुक्तानी २२ अर्ब ४२ करोड रुपैयाँ छ । बाह्य ऋणतर्फको साँवा/ ब्याज भुक्तानी २० अर्ब ९३ करोड रुपैयाँ रहेको छ जसमा साँवा भुक्तानी १७ अर्ब ३१ करोड रुपैयाँ र ब्याज भुक्तानी तीन अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 

पाँच महिनामा लिइयो ५८ अर्ब ३१ करोड

चालु आर्थिक वर्षको पाँच महिनामा ५८ अर्ब ३१ करोड रुपैयाँले सरकारी ऋण बढेको छ । योसँगै अब सरकारको  तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रहेको छ । 

कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशत सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४३.६९ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ। यसमा पनि आन्तरिक ऋणको हिस्सा जीडीपीको २१.३४ प्रतिशत र वाह्य ऋणको हिस्सा २२.३५ प्रतिशत देखिन्छ।

सार्वजनिक ऋण ह्वात्तै बढेको तथ्यांकले देखाएको छ।  यसअनुसार २०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । २०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब पुग्यो । सार्वजनिक ऋण २०७५/७६ मा १० खर्ब ४८ अर्ब, २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, २०७७/७८ मा १७ खर्ब ३७ अर्ब, २०७८/७९ मा २० खर्ब १३ अर्ब, २०७९/८० मा २२ खर्ब ९५ अर्ब रुपैयाँ बराबर पुगेको सरकारी तथ्याकंमा उल्लेख छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको