एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो हकप्रद सेयर निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ।
यस सम्बन्धमा एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा विक्रि प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आ.व. २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित हकप्रद निष्काशनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ् लिमिटेडद्वारा गरिने छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९/०५/३१ गते दर्ता भई जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका विभिन्न परियोजनाहरूमा लगानी गर्दै आएको छ। यसका संस्थापक सेयरधनीहरु विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व भएका छन्। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ् लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो र यसले धितोपत्र बजारसँग सम्बन्धित विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस